दफा ३६
एकल बिन्दु सेवा सञ्चालन समितिको काम, कर्तव्य र अधिकार
(१) एकल बिन्दु सेवा सञ्चालन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) यस ऐन अन्तर्गत उद्योगले पाउने छुट, सुविधा वा सहुलियत प्रदान गर्ने निर्णय गरी सोको कार्यान्वयन गर्ने वा गराउने,
(ख) बोर्डले आफ्ना काम, कर्तव्य र अधिकार अन्तर्गत प्रत्यायोजन गरेका कार्यहरू गर्ने,
(ग) उद्योगलाई आवश्यक पर्ने विद्युत, पानी, दूरसञ्चारका साधन, जग्गा, सडक जस्ता पूर्वाधार सेवा उपलब्ध गराउने सम्बन्धमा समयबद्ध व्यवस्था गर्न आवश्यक निर्णय गरी सोको कार्यान्वयन गर्ने, गराउने,
(घ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
(२) यस दफा बमोजिम एकल बिन्दु सेवा सञ्चालन समितिले गरेको निर्णय सम्बन्धित निकायले कार्यान्वयन गर्नु पर्नेछ ।
(३) एकल बिन्दु सेवा सञ्चालन समितिले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार उपदफा (४) बमोजिम गठित उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
तर उपदफा (१) को खण्ड (ख) मा तोकिएको अधिकार प्रत्यायोजन हुने छैन ।
(४) एकल बिन्दु सेवा सञ्चालन समितिले आफूले गर्ने काम कारबाहीको लागि आवश्यकता अनुसार उपसमितिहरु गठन गर्न सक्नेछ र त्यसरी गठन भएको उपसमितिको काम, कर्तव्य र अधिकार सो समितिले तोकिदिए बमोजिम हुनेछ ।